२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

मेयर यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी

Logo
प्रकाशित मंगलबार, भाद्र २४, २०७६

जनकपुरधाम । धनषाको गणेशमान चारनाथ नगरपालिकामा मेयर रामबाबु यादवले एकलौटी ढंगबाट योजना छनोट गरेको भन्दै स्थानीय र प्रहरी विच घम्साघम्सी भएको हो।

मंगलबार विवाद भएपछि उपमेयर यादवले नगरपालिकामा तालाबन्दी गर्न पुगेकी थिइन्। तर प्रहरीले कार्यालयमा तालाबन्दी गर्न रोक लगाएको स्थानीयले बताए ।तालाबन्दी गर्न खोज्दा प्रहरीसँग केहिबेर घम्साघम्सी समेत भएको भएको थियो ।

किसानका लागि बजेट विनियोजन नगरेकाले नगरपालिकामा ताला लगाउन खोज्दा प्रमुख यादबले प्रहरी लगाएर तनाव सिर्जना गरेको उपप्रमुख यादवले न्युज मधेशसंग कुराकानी गर्दै उनले प्रमुखले पावरको दुरुपयोग गरेको आरोप समेत लगाएकी छिन्। उनले भनिन्, ‘प्रमुखले बलजफ्ती गर्छन्। विरोध गर्दा प्रहरीको प्रयोग गर्छन्।’ उपप्रमुख यादवले योजना तर्जुमाको बैठक नै बस्न नदिएर कार्यपालिका बैठकबाट योजना ल्याएको आरोप समेत लगाए । उनले प्रश्न गरिन्, ‘योजना तर्जुमा बैठकबाट योजना बन्नुपर्ने हो। तर प्रमुखले कार्यपालिका बैठकबाट योजना ल्याएर नगरसभाको बैठक भोलिका लागि बोलाएको छ।’ उनले नगरसभा गर्न नदिने समेत चेतावनी दिएका छन् ।

यता, प्रमुख यादबले यहाँ रहेको एउटा साना किसान बैंकका लागि २० लाख बजेट विनियोजन गर्न उपप्रमुखले दबाब दिएको र कानूनले बजेट दिन नमिल्ने बताएपछि तालाबन्दी गर्न खोजेको प्रतिक्रिया दिए । उनले नगर कार्यपालिकाको बैठकमै सबै वडाध्यक्षले योजना पेश गरेको बताए । उनले नगर कार्यपालिका सदस्य २१ जना रहेकोमा १९ जनाले समर्थन जनाएको समेत जनाकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]