१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

संघीय सरकारलाई मुख्यमन्त्री यादवको एक महिने अल्टिमेटम

Logo
न्यूज मधेश प्रकाशित बुधबार, कार्तिक २२, २०८०

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजनका लागि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन् ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताएका हुन् ।

मुख्यमन्त्री यादवले संघीय सरकारलाई प्रहरी समायोजन गर्न भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्री यादवले भने,’निजामती ऐन लगायतका धेरै विषय छन्, जुन प्रदेशलाई हस्तान्तरण गरिएको छैन । यसले प्रदेश सरकारलाई काम गर्न धेरै अठ्यारो भएको छ । एक साता अगाडि पनि भन्नुभयो कि आउने क्याबिनेटबाट प्रहरी समायोजन गर्छु ।अध्यादेशबाट निजामती ऐन ल्याउँछु । तर भएन ।’

यसबारे पटकपटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको मुख्यमन्त्री यादवको भनाई छ ।

३० दिनभित्र कार्यान्वयनमा गएन भने चरणवद्ध आन्दोलनमा जाने उनले बताए । उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा आवश्यक्ताअनुसार काम गर्न नसकेको मुख्यमन्त्री यादवको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]