०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

पुराना दलहरूले मलाई जेलभित्रै सडाउन चाहेका छन् : रेशम चौधरी

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई पुराना दलहरूले पुन: जेल पठाउन षड्यन्त्र गरिरहेको आरोप लगाउका छन् ।

रिगलको आममाफी बदरसँगै रेशम पनि जेल जानसक्ने चर्चा भइरहँदा उनले टीकापुरमा आफ्नो दोष भगवान्‌ले पनि पुष्टि गर्न नसक्ने जिकिर गरे ।

केहीदिन अगाडि धनुषा आएका उनले सञ्चारकर्मीसँग भने- ‘म मेरो मुद्दाबारे धेरै भन्न चाहन्न । ईश्वर छन् भने मलाई लाग्छ यो देशमा यो संसारमा जिसस क्राइस्ट, बुद्ध, ब्रम्हा, विष्णु, महेश, शिव भगवान् कसैले पनि मेरो दोषलाई प्रमाणित गर्न सक्दैनन् ।’

घटना संलग्नता रहेकाले दोषी ठहर भयो र राजनीति दबाबमा राष्ट्रपतिबाट माफी पाए भन्ने भनिन्छ नी ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘त्यसो भए रेशम चौधरी कारागारमा झुण्डिएको हेर्न चाहनुहुन्छ ? के रेशम चौधरीको मृत्यु कारागारमै भइदिए थपडी बजाउन चाहनुहुन्छ ?’

उनले पुराना दलहरु आफूलाई जेल राखिराख्न चाहेको पनि बताए ।

‘मधेसका राजवन्दीहरुलाई अझै छाडिएको छैन,’ चौधरीले भने, ‘उनीहरू (पुराना दलहरूले) त रेशम चौधरी जेलभित्रै सडिरहोस् चाहेकै छन् ।’

उनले साढे ८ वर्ष जेल बस्ने पाँच औंलामा गन्दा आफू पनि पर्ने बताउँछन् । राज्यले सतायो तर त्यसभित्र अधिकार खोज्ने क्रममा जनताले दिएको सहमतिले आफू रिहा भएको उनले भनाई छ ।

राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएको ५ महिनापछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पुनः जेल जाने चर्चा चल्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]