२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

सिरहा । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् ।

नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित नेताका रूपमा चिनिन्छन् ।

उनी मधेशबादी दलमा आवद्ध रही लामो समय राजनीति गरे । तर, मधेशबादी दलमा आएको टुटफुटका कारण निरास भएका उनी केही समय निष्क्रिय बसे । त्यसको केही महिनापछि उनी नेपाली कांग्रेस प्रवेश गरे ।

जसपाको जिल्ला उपाध्यक्ष भइसकेका उनलाई कांग्रेस नेताहरूले पार्टीमा उचित व्यवस्थापन गर्ने र चुनावमा अवसर दिने आश्वासन दिएर पार्टी प्रवेश गराएका थिए । तर, न व्यवस्थापन गरियो, न चुनावमा अवसर ।

कांग्रेसमा झन् काम नलाग्ने पुराना नेता र उनीहरूको चाकडी गर्नेहरूको मात्र बर्चस्व रहेको भन्दै त्यहाँ राजनीति गर्न नसकिने निष्कर्षसहित पछिल्लो समय पनि उनी निष्क्रिय जस्तै थिए । सधैंभरि मधेशबादको वकालत गरेका उनी त्यहाँ ‘कम्फर्टेवल’ पनि महसुस गरिरहेका थिएनन् ।

जनमत पार्टी मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाइरहेको र मधेशको कल्याण अब जनमत पार्टीबाटै सम्भव रहेको निष्कर्षमा पुगेर आफू जनमतमा आएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]