१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

धनुषाको गोबराहीमा सुँगुरलाई पशुले मार्न लगाएर ‘हुराहुरी’ मनाइयो

Logo
बिपिन यादव प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ ।

सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ ।

लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा प्रायः गाउँमा ‘हुराहुरी’ मनाइन्थ्यो । तर पछिल्लो समय लोप हुन लागेपनि विदेह नगरपालिका-३ गोबराहीका स्थानीय काशीनाथ बिराजीले ‘हुराहुरी’ लाई निरन्तरता दिए ।

उनले ५ हजार रुपैयाँमा एउटा सुँगुर किनेर ‘हुराहुरी’ खुल्ला चौरमा आयोजना गरे । उक्त सुँगुरलाई डोरीमा बाँधेर पशु चौपायाबाट मार्न लगाए । सुगुरलाई मार्न गाउँका सयौं व्यक्ति गाई, गोरु र भैंसी लिएर पुगेका थिए ।

खुल्ला चौरमा सुँसुरलाई गाई, भैंसी र गोरुले लखेटी लखेटी मार्दा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए । तर माया कसैलाई लागेनन्, बरु उनीहरु यसलाई मनोरञ्जनको रुपमा लिए ।

स्थानीय काशीनाथ बिराजी (मोलहा) का अनुसार सुँगुरलाई गाई/भैंसीले मारेको छ । सुँगुरको मत्यूपछि डोम समुदायका व्यक्तिलाई सुम्पिएको छ ।

स्थानीय काशीनाथ बिराजीले ‘हुराहुरी’ सदियौंदेखि मनाइने परम्परा भएको भन्दै हरेक वर्ष जस्तै यो आज पनि ‘हुराहुरी’ मनाएको बताए ।

हुराहुरी मनाउँदा पशु चौपायालाई कुनै रोग नलाग्ने जनविश्वास छ । तर परम्पराको नाममा एउटा पशु (सुँगुर) लाई अर्को पशुबाट हत्या गर्न लगाउनु गलत भएको धेरैले गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]