३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

जनकपुरधाम ,२८ कार्तिक । घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सप्तरीको पौरतहामा सम्पन्न भएको छ।

मंगलबार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका -३ पौरतहामा घोषिन उत्थान मंच नेपालका अध्यक्ष सोभित लाल पगहियाको अध्यक्षतामा भएको मंचको १३ औं वार्षिक साधारण सभा कोशी प्रदेशका प्रदेश सांसद रामदेव अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा डा.नागेन्द्र प्रसाद कौडगिया,बद्री महत्मान,छेदी अरगरिया,महेन्द्र भिनवार,शिव नारायण गोइत,जितेन्द्र प्रसाद भुडेर,राम लगन बिराजी ,बिनोद रोहिता ,अरबिन्द पघैया,सुजित पघैयालगाइतका व्यक्तीहरुकोले सो साधारण सभामा मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा धनुषा ,सिरहा,सप्तरी ,सुनसरी र मोरंगलगाइतका जिल्लाहरुबाट घोषिन उत्थान मंच नेपालको लागि काम गर्दै आइरहेका विशिष्ट व्यक्तित्वहरुको सहभागितासमेत रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]