२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

नव प्रवेशी कर्मचारीद्वारा जिल्ला स्तरीय हाजरिजवाफ कार्यक्रम सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर ०२, २०८०

सिरहा ।नव प्रवेशी कर्मचारी समिति सोहपुरले जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्यकला कार्यक्रम सम्पन्न भएको हो।

बरियापट्टि गाउँपालिका-४ सोहपुरमा नव प्रवेशी कर्मचारी समितिका अध्यक्ष शिव गंगा प्रसाद यादवको अध्यक्षतामा भएको जिल्ला स्तरीय हाजरिजवाफ तथा नृत्य कला कार्यक्रम राम बहादुर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतो र गाउँपालिकाकी उपाध्यक्ष ममता यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको समितिका पदाधिकारी राजेश मण्डलले जानकारी दिए।

समितिका पदाधिकारी मण्डलका अनुसार सो हाजरीजवाफ तर्फ
प्रथम स्थान जनता मा.वि महनपुर कमलपुर,दोश्रो स्थान जनता नमुना मा. वि. सुखिपुर ,तेश्रो स्थान श्री मा. वि . सन्हैठा र सन्त्वना पुरस्कार श्री जनता मा.वि तिनकोनीलाई प्रदान गरेको उनले बताए।त्यसैगरी नृत्य तथा कला तर्फ प्रथम स्थान श्री जनता मा. वि सन्हैठा,दोश्रो स्थान श्री त्रिनेत्र एकेडेमी बरियारपट्टी ,तेश्रो स्थान श्री जनता नन्द मा.वि. लक्षमिपुर पतारी र सन्त्वान पुरस्कार श्री प्रा.वि.अ.सोहपुरले पाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषा कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जानकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो । मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको […]

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]