०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मधेश प्रदेशले जित्यो केपी ओली कप

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर १५, २०८०

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।

आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६–१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन–तीन, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बनेको मधेश प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गरे ।

प्रतियोगिताभर १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिए । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरूले रु २०–२० हजार पुरस्कार प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]