०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

एनएसएलमा आज ललितपुर र वीरगञ्जबीच प्रतिस्पर्धा हुने

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ ।

अनन्त तामाङ कप्तान तथा मार्की रहेको ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

पहिलो खेलमा बुटवल लुम्बिनीलाई सहजै हराएको ललितपुरले त्यसपछि भने पोखरा थण्डर्स र धनगढी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

उता नयाँ टोली वीरगञ्ज अझै जितिविहीन छ र पहिलो जितको खोजीमा छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगञ्जले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो ।

दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगञ्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २-१ ले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]