२५ पुष २०८२, शनिबार
10-01-2026 , Sat
×

सडक बनेपछि सहज

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

सर्लाही। बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती चिटिक्क देखिएको छ भने स्थानीयले हिलोबाट मुक्ति पाएका छन् ।

हरिपुर नगरपालिका–७ का वडाध्यक्ष मनोजकुमार चौधरीले नगरको करिब ८५ लाख रुपियाँ बजेटबाट चिताइन गाउँको सडक र चिताइन मन्दिरदेखि पश्चिम पुल्चोकसम्म निस्कने सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो ।

हरिपुर लालबन्दी आउजाउ गर्ने बासिन्दाले प्रयोग गर्ने चिताइन गाउँको यो सडक हरेक समय हिलाम्मे हुँदा आउजाउमा समस्या हुँदै आएको थियो । पानी निकास नहँुदा सधैँजसो हिलो भइरहने सडकका कारण दिक्क भएका स्थानीयवासी सडक कालोपत्रे भएपछि खुसी भएका छन् ।

स्थानीय प्रधानाध्यापक चेतनारायण धामीले सडक कालोपत्रे भएसँगै विद्यालय आउने जाने विद्यार्थीलाई निकै सहज भएको बताउनुभयो । बस्तीमा दुवैतर्फ नालासहितको कालोपत्रे सडक निर्माण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो ।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]