१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

विदेहमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर १९, २०८०

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तथा प्रहरी चौकि तिनकौरियाको सयुंक्त आयोजनामा लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ ।

‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्धको अभियान’ नाराको साथ लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानको विदेह नगरपालिका वडा नं.६ स्थित नगर कार्यपालिका कार्यालयको सभाहलमा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झाको अध्यक्षता तथा प्रहरी चौकि तिनकौरियाका प्रहरी सहायक निरीक्षक भुटकुन यादवको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जिप कुमार साह, वडाअध्यक्ष राधेश्याम गोइत, वडा अध्यक्ष संजय पाण्डे, वडा अध्यक्ष रामपुकार सहनी, कार्यपालिका सदस्य सत्रुधन राय, कार्यपालिका सदस्य श्याम सुन्दर दासलगाइतको
सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]