२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

‘दोषी’लाई भिसी बनाउन दौडधूप

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर २०, २०८०

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो ।

१५ दिनको म्याद राखेर गरिएको विज्ञापनअनुसार प्रतिष्ठानमा उपकुलपति (भिसी)का लागि आवेदन दिनेहरुमा डा. अंकुर सिंह र डा. रमेश प्रसाद सिंहलाई उपकुलपति बनाउने गरी मधेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री तयारीमा जुटेका छन् । उपकुलपति नियुक्तिका लागि बनेको पाँच सदस्यीय समितिका एक सदस्य ल्याब डाइरेक्टर डा. श्रवण मिश्र विदेशमा रहेकाले समितिले भिसी सिफारिस गरिसकेको छैन । समितिमा मधेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह, स्वास्थ्य सचिव डा. प्रमोद यादव, डा. भरत साह, डा. नाथुराम चौधरी र डा. श्रवण मिश्र सदस्य छन् । भरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाका पूर्वभिसी हुन्, चौधरी नीति तथा योजना आयोगमा छन् । मन्त्री, सचिव र ल्याब डाइरेक्टर भइहाले ।

भिसी बन्ने दौडधूपमा रहेका दुई उम्मेदवार भने पूर्वाधार नै तयार नभएको अस्पताललाई अनुमति दिने सिफारिसकर्ता भएको भनेर विगतमा कारबाही सिफारिसमा परेका व्यक्ति हुन् । डाक्टर अंकुर सिंहले स्वास्थ्य मन्त्रालयबाट अनुमति नै नपाएको काठमाडौँको नेसनल अस्पतालको फाइल मिलाइरहेको अवस्थामा नेपाल मेडिकल मेडिकल काउन्सिलको सदस्य रहँदा दोषी पाइएका थिए । उनलाई मेडिकल काउन्सिलको सदस्य भएर अनुमति नभएको अस्पतालको कागजात मिलाउन लागेको भन्दै स्वास्थ्य मन्त्रालय र काउन्सिलमा कारबाही सिफारिस भएको थियो ।

यस्तै, अर्का डाक्टर रमेश प्रसाद सिंह पनि मापदण्ड नै नपुगेको देवदह मेडिकल कलेजलाई एमबिबिएस कार्यक्रम सुरु गर्न पूर्वाधार विनै सिफारिस गरेर दोषी ठहर भएका व्यक्ति हुन् । डा. गोविन्द केसी अनशन बस्दा बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले चिकित्सा शिक्षामा अनियमिततामा दोषी देखिएका ४३ जना डाक्टरलाई कारबाही सिफारिस गरेको थियो । त्यसमा डा.रमेश २२ नम्बरका र डा. अंकुर ३९ नम्बरका दोषी हुन् । उनीहरुसहित सबै डाक्टरलाई कारबाही सिफारिस भएको थियो । तिनै ४३ डाक्टरमध्ये दुई डाक्टर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसीका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

मधेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह डा. रमेशलाई भिसी बनाउन चाहन्छन् भने मुख्यमन्त्री सरोजकुमार यादव डा. अंकुरलाई भिसी बनाउन चाहन्छन् । डा. अंकुरलाई भिसी बनाउन अस्पताल उपकरण व्यवसायी विशाल पण्डितले काठमाडौँको बसेरा होटलमा मुख्यमन्त्री यादवसँग बसाइ गरिसकेका छन् । स्रोतका अनुसार, ५ करोड रुपैयाँसम्म खर्च गर्न अस्पताल उपकरण व्यवसायी तयार भएको भन्दै मुख्यमन्त्री भेटेर मन्त्रणा गरिएको हो ।

विगतमा दोषी देखिएकालाई भिसी बनाउने काममा मुख्यमन्त्री र मन्त्री नै विभाजित भएका छन् । दोषी अनुहार चैँ भिसी हुने भनेर शक्तिकेन्द्र धाउनेदेखि रकम बुझाउनेसम्ममा जोडिएका छन् । यसको निरन्तर फलो अप गरिरहनेछौँ ।-मधेशदृष्टिबाट लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]