२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

अपाङ्गता भएकालाई ह्वील चेयर र ट्राइ साइकल वितरण

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

राजबिराज । सप्तरीको राजबिराजमा अपाङ्गता भएका ब्यक्तिलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको छ । एक कार्यक्रम बिज राजबिराजका २८ जना अपाङ्गता भएका ब्याक्तीलाई ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको हो ।

राजबिराजको समग्र १६ वटा वडाको कुल २८ जना अपाङ्गता ब्यक्तीलाई अपाङ्ग संघ सप्तरी र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजको आयोजनामा ह्वील चेयर र ट्राइ साइकल वितरण गरेको थियो ।

राजबिराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल, अभिभावक अपाङ्ग संघका अध्यक्ष जगदिश अर्याल, पुर्नस्थापना समाजका सुगम भट्टराई,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]