०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

बाँके र बर्दियाका उद्योगी व्यवसायी आन्दोलित

Logo
सिराज खान प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

नेपालगन्ज। बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्जमा आयोजना गरिएको वृहत भेला र अन्तरक्रियापछि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको संयोजकत्वमा एक हजार एघार सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले दिनुभएको जानकारी अनुसार संघर्ष समितिको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी रहनुभएको छ भने सदस्य सचिवमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट रहनुभएको छ । समितिको सचिवालय ४१ सदस्यीय छ ।

नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्नपरेका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बाँके र बर्दियाका १३ उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्का, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापा, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने, मधुवन उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा रिमाल, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, बारबर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष नमराज पौडेल, ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद आचार्य, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामी, राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगाना र व्यवसायिक सरोकार मञ्च बाँकेका अध्यक्ष देवानन्द अर्यालको सहभागिता थियो ।

गठन गरिएको संर्घष समितिमा दुवै जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुको संस्थाका अध्यक्ष र अगुवा उद्योगी व्यवसायीलाई समावेश गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाटले बताउनुभयो । उहाँले संघर्ष समितिका कर्णाली र सुदुरपश्चिमका उद्योगी व्यवसायीलाई पनि समेटिने योजना रहेको बताउनुभयो ।

अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्या समाधान गराउन गरिने आन्दोलनका कार्यक्रम एकदुई दिनमै तय गरेर आन्दोलन शुरु गरिने समितिका संयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]