१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

प्रथम छोरी जनमाउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप ३ हजार रकम हस्तान्तरण

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ ।

गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५—०७६ को वार्षिक वजेट नीति तथा कार्यक्रममा प्रोत्साहन रकम दिने निर्णय भएको थियो । आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागि नारीलाई सक्षम बनाउन यो अभियान थालिएको उपमेयर ईन्दिरा कार्कीले बताईन् ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तीमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]