०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

सप्तरीको लौनियाँमा दाहा मेला सम्पन्न

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

कमल कुमार मण्डल,राजविराज ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित मोहरमको अवसरमा मोहरम मुस्लिम युवा समिति, लौनियाँद्धारा आयोजना गरिएको मोहरम मेला बुधवार सम्पन्न भएको छ ।

स्थानिय समाजसेवी मो. नियामत मंसुरीको अध्यक्षता तथा तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा मेला आयोजना गरिएको हो ।
मेलामा लठ्ठी, फौरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो ।

खेल सञ्चालन गाउँपालिका प्रमुख सतिश कुमार सिंहले खेलाडीहरु संग लठ्ठी लडाएर मंगलवार सञ्चालन गरेको थियो भने बुधवार खेलाडीहरुलाई पुरस्कार बाँडदै सम्पन्न गरेका छन् । खेलाडीहरुको प्रशंसा गर्दै खेलाडीहरुको मनोवल बढाउँदै पुरस्कार बाँडेका हुन् ।

दुईदिने मेलामा बुधवार तिन समुहका खेलाडीहरुले १५ मिनेटको समयमा आफ्ना आफ्ना खेल प्रदर्शन गरेको थियो । सप्तरीका हाटिका खेलाडीहरु प्रथम, ललापट्टीका खेलाडीहरु द्धितीय र लौनियाँका स्थानिय खेलाडीहरु तृतिय स्थान प्राप्त गरेका छन् ।उक्त कार्यक्रममा उद्घोषण इसाक मंसुरीले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]