१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

देशकै पहिलो टिबी फ्री पालिका बन्ने होडमा हरिवन नगरपालिका

Logo
सोम दियाली प्रकाशित सोमबार, मंसिर २५, २०८०

सर्लाही। स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै पहिलो स्थान हासिल गरेको सर्लाहीको हरिवन नगरपालिका यतिबेला देशकै पहिलो टिबी फ्री पालिका बन्ने होडमा छ ।

नगरपालिकालाई पहिलो टिबी फ्रि पालिका बनाउने उदेश्यले यहाँ टिबी सम्बन्धी विभिन्न कार्यक्रमहरुलाई तिब्रता दिइएको छ।सोही अभियान अन्तर्गत सोमबारबाट शंकास्पद टिबी अर्थात क्षयरोगीहरुको स्क्रीनिङ्ग क्याम्प समेत सञ्चालन गर्न थालिएको छ ।

हरिवन नगरपालिका-१ स्थित भोक्टेनी आधारभूत स्वास्थ्य केन्द्रबाट शुरु गरिएको क्याम्प मंसिर ३० गतेसम्म नगरका विभिन्न वडाहरुमा सञ्चालन गरिने नगर स्वास्थ्य शाखा हरिवनले जनाएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय र बागमती सेवा समाजको समेत समन्वयमा सुरु गरिएको स्क्रीनिङ्ग क्याम्पको वडा अध्यक्ष टम बहादुर घिसिङको अध्यक्षतामा नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले शंकास्पद विरामीलाई पूर्जा वितरण गरेर उद्घाटन गर्नुभएको छ ।

क्याम्पको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख मेयर बुढाथोकीले हरिवन नगरपालिकालाई टिबी फ्रि पालिका बनाउने उदेश्यले गाउँगाउँबाट क्षयरोगी पत्ता लगाउन क्याम्प शुरु गरिएको बताउनुभयो । उहाँले लुकेर रहेरका रोगीहरु पत्ता लगाएर उपचारको दायरामा ल्याउन सके नगरपालिका छिट्टै टिबी फ्रि पालिका बन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले पहिलो चरणमा बढी केश देखिएका वडाहरुमा क्याम्प सञ्चालन गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले नगरका सबै वडामा क्याम्प सञ्चालन गरी क्षयरोगीहरुको खोजपड्ताल गरिने बताउनुहुँदै अहिलेलाई क्षयरोगको जोखिम बढी भएका वडाहरुमा क्याम्प सञ्चालन गरिएको बताउनुभयो ।

त्यस्तै नगर क्षयरोग अधिकृत रोशनी घतानीले नगरपालिकालाई टिबी फ्रि पालिका बनाउन स्क्रिनिङ्ग क्याम्पसहितका विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो । उहाँले मानिसहरुमा अझै पनि क्षयरोग लुकाउनु हुँदैन भन्ने चेत आई नसकेकोले क्षयरोगीको खोजपड्तालमा चुनौती हुने गरेको बताउनुभयो ।

क्याम्पस शुभारम्भ कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ट अधिकृत राजबीर यादव, जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका क्षयकुष्ट अधिकृत बलिराम यादव लगायत स्वास्थ्यकर्मीहरु र स्थानीयको सहभागिता रहेको थियो ।

क्षयरोग ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने संक्रामक रोग हो । समयमै जाँच गराई नियमित औषधी खाए क्षयरोग निको हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]