२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

भारतीय कुखुराको तस्करी बढेपछि सप्तरीका व्यवसायी चिन्तित

Logo
लोकेन्द्र प्रसाद यादव प्रकाशित मंगलबार, मंसिर २६, २०८०

बोदे बरसाईन(सप्तरी ) । भारतीय अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि सप्तरीका कुखुरा व्यवसायी चिन्तित भएका छन् । सप्तरीका बोदे बरसाईन धर्मशालामा सोमबार जिल्लाका कुखुरा व्यावसायको भेलाले जिल्लामा बढ्दो अवैध कुखुरा आयातले कृषकलाई डिलरबाट उठाएको चल्ला र दानाको रकम तिर्न समस्या भई रहेको गुनासो गरेका छन् ।

जिल्लाका मुख्य नाका तिलाठीबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको व्यवसायीको आरोप रहेको छ । सप्तरीका विभिन्न ग्रामीण नाका बालन विहुल गाउँपालिका-४ बेलही, रामनगकोदरकट्ट, सोनापुर, काचन,देउरी, तरही हटैल, पातो, राजगढ लगायतको नाकाबाट सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परने भएकोले व्यावासय संगठित हुनको लागि भेला आयोजना गरेको आजको भेलाले कुखुरा व्यासायमा संलगन किसान हकहित संरक्षणका लागि जिल्ला प्रशासनमा समूह दार्ता गराउने कृषक अशोक साहले बताए ।

बोदे बरसाईन नगरपालिका-७ का कुखुरा व्यवसायी ताराकान्त साहले भने तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे । भारतीय कुखुराका कारण महङ्गो दाना खुवाएर फाईदाको लागि पालन गरेको कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उहाँको कथन छ ।

भारतबाट पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको व्यवसायी खडक नगरपालिका का- १० अरुण चौधरीले बताए । उहाँले भने संस्था खडा गरेर मात्र हुदैँन संस्था मूल उदेश्य अवैध रुपमा भारतबाट भित्रीने कुखुरा रोक लागाउन पहल गर्नु पर्ने बताए ।

सप्तरीमा रु १८० प्रतिकेजीमा बिक्री भई रहेको कुखुरा भारतीय बजारमा नेपाली रुपैयाँ १२० मा पाइने गरेको र नेपाल कुखुरा व्यावसाय संघको मूल्य प्रतिकेजी रु.२२० रहेको बताए । कटरहरुले कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य रु ३०० सम्ममा बिक्री गर्ने गरिएको सोमा नि नियन्त्रण हुनु पर्ने कृष्कले जोड दिए ।

यस्तै शम्भुनाथ नगरपालिका- १२ अर्नाहाका ककुखुरा पालक कृषक रामदयाल मण्डले भने हामी कसले तस्करी गनेै गरेको पहिचान गरि सकेको व्यावसाय बिच एकता नभएर राज्यलाई कर नर्तिने व्यक्ति बलयो बन्दै गएको बताए ।

कृष्णासरवन अग्निसाइर गाउँपालिका-१ का किसान अमरेन्द्र ठाकुर लभने विगत १२ वर्ष देखि २ सय चला राखेर सुरु गरेको कुखुरा पालन १२ हजार सम्म कुखुरा फर्ममा राखेर हुर्काए व्यावसा राम्रै भयो ।‘‘तर लकडाउन भएपछि व्यपार घाटामा गयो सहयोग गर्ने सरकारी निकाय भएन बताउदैँ भने कृषकले उचित बजार मूल्य पाउन भारतबाट कुखुरा अवैध अयात रोक्नु पर्ने बताए ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]