२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

मालपोत कार्यालय क्षिरेश्वरनाथमा राख्‍न माग गर्दै ज्ञापनपत्र

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर २७, २०८०

जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै मेयर सुखदेव यादवले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ।

लामो समयदेखि क्षिरेश्वरनाथ नगरपालिाका, महेन्द्रनगरमा मालपोत कार्यालयको शाखा स्थापना नहुदा ग्रामीण भेग सेवाग्राहीहरु मर्कामा परेको भन्दै तत्काल यहाँ कार्यालय स्थापना गर्न माँग गर्दै मेयर यादवले धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।

क्षिरेश्वरनाथ नगरपालिकाको पूर्वमा मिथिला विहारी र धनुषाधाम नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका तथा दक्षिणमा लक्ष्मिनियाँ गाउँपालिका रहेको हुँदा मध्य विन्दु महेन्द्रनगर रहेकोले आउन जान यातायातको समेत सुविधा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

क्षिरेश्वरनाथमा मालपोतको शाखा कार्यालय स्थापना भएमा ती पालिकाहरु र यस नगरपालिकाका बासिन्दाहरुलाई मालपोत सम्बन्धि कामकाजको लागि आवत जावत गर्दा आर्थिक तथा समय समेत बचत हुनेछ । तर मालपोत कार्यालय धनुषाको शाखा मिथिला नगरपालिकाको ढल्केवरमा स्थापना गर्ने भनी हाल गरिएको निर्णय प्रति आप्mनो असहमति रहेको मेयर यादवले बताए । यद्यपी, मालपोत कार्यालयको शाखा ढल्केवरमा स्थापना भएमा क्षिरेश्वरनाथ नगरपालिकाको मालपोत सम्बन्धी कामकाज मालपोत कार्यालय जनकपुरधामबाट नै हुने गरी व्यवस्था मिलाउन मेयर यादवले मांग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]