३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

मधेश प्रदेशमा ५ लाख घुससहित एक वडाध्यक्ष पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

कलैया । मधेश प्रदेशका बारा जिल्लाका एक वडाध्यक्ष ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए । […]

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्। गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश […]