२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेशी समुदायसंग विभेद गरेको लोकसेवा आयोगको कर्मचारीमाथी कार्वाहीको माग गर्दै : नेता अरगरिया

Logo
प्रकाशित बिहिबार, भाद्र २६, २०७६

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय सदनमा वर्तमान सरकारले लोकसेवा आयोगमाथी नियन्त्रण गर्न प्रयास गरेर मधेशीसंग विभेद गरेको बताए।

विहिबार प्रतिनिधिसभाको बैठकमा नेता अरगरियाले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका हुन।संविधान विपरित रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको माग सहित सँसदबाट समेत विज्ञापन रद्दको लागि निर्णय गरिएपनि लोकसेवाले बलजफ्ती रुपमा परीक्षा सँचालन गरेको भन्दै ।उनले भने, ‘गाउँस्तरका समुदायिक विद्यालयमा कक्षा ५ सम्म पढने विद्यार्थीलाई अँग्रेजी बोल्न आउँदैन, यहाँसम्म की कक्षा ५ मा पढाउने शिक्षक शिक्षिका पनि धेरै यस्ता छन जसलाई अँग्रेजी राम्ररी आउँदैन, गरिब र मध्यमवर्गी परिवारले प्राइभेट स्कूलमा पढाउने क्षमता छैन ? सबैले काठमान्डौका ठुलठुला स्कूलमा पढाउन सक्ने क्षमता छैन तर पनि आरक्षणको दम्भमा मधेशी, थारु, आदिवासी जनजातीहरुले लडेर लोकसेवा पास गर्ने मौक पनि वर्तमान सरकारले खोसे । यो सरकार लोकसेवा आयोगलाई आफ्नो भातृ संगठनको रुपमा बनाउन खोजिएको छ ?’
कैयौं पटक साँसद भवनमा लोकसेवा आयोगको विज्ञापन विरुद्ध बोल्दै आएका नेता अरगरियाले राष्ट्रसेवक कर्मचारी भएर संविधान विपरितको विज्ञापन प्रकाशित गरी परीक्षा समेत सँचालन गरेपनि कुनै कारवाही नगरिएको भन्दै खेद प्रकट गरे । उनले भने, ‘यस्ता कर्मचारीलाई कारवाही गर्ने की नगर्ने ? आरक्षण खाएका ती कर्मचारीलाई कारवाही हुनैपर्छ । यो सरकारले मधेशी, आदीवासी, थारु समुदायहरुसँग विभेद गरेकै हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]