२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

सर्लाहीका उखु किसान सडकमै सुतेर गरे विरोध

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् ।

विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीलगायतका किसान अगुवाहरूको उपस्थिति थियो । सोमबार दिउँसो २ बजेदेखि आधा घण्टा राजमार्गमा सुतेर विरोध प्रदर्शनको कार्यक्रम गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

नेपाल उखु उत्पादक महासङ्घ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायत उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनको संयुक्त आयोजनामा केही दिनदेखि हरिवनमा विरोध प्रदर्शन भइरहेको छ ।

सरकारले उखु किसानको गत वर्षको बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्ने पहल गरे पनि सर्लाहीका उखु किसानले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसानको खातामा रकम नआउन्जेल र यो सिजनका लागि मूल्य कायम नहुन्जेल आन्दोलन जारी रहने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्याशी समेत रहेका इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]

सिरहा । जिल्ला ट्राफिक, कार्यालय लहान र यातायात व्यवस्था कार्यालय, लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ लाइसेन्स) खरिद बिक्री हुने गरेको पाइएको छ। कर्मचारीहरूले बिचौलिया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्सका लागि ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो। ट्राफिक प्रहरी वा […]

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको […]