२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

हतियारसहित दुईजना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको विनेट १ थान, ११ नम्बर पाना थान १ थान, ११ नम्बरको रेन्चि थान १ थान, हँसिया थान, चक्कु, दाउ बरामद गरिएको छ ।

उनीहरुमाथि हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]