२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

राजविराजका १८ वर्षिय ग्रीस देव एक सप्ताहदेखि बेपत्ता ,खोजदिन परिवारजनले गरे आग्रह

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देव सातदिन वितिसक्दा समेत अवस्था अज्ञात रहेकोले परिवारले खोजतलासका लागि आग्रह गरेका छन् ।

गत बुधवार दिउँसोदेखि भाइ ग्रीसको अवस्था अज्ञात रहेकोले खोजतलासका लागि दिदी निर्मला देवले आग्रह गरेकी हुन् ।
बेपत्ता भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिदा समेत अहिलेसम्म भाईको अवस्था सार्वजनिक हुन नसकेपछि घरमा चुल्हो बल्न नसकेको उनले दुखेसो सुनाइन् ।

“छोराको चिन्ताले सात दिनदेखि निदाउन सकेेका छैन्न । नत पेटमा अन्न नै जान सकेकोको छ, ग्रीसका बुबा उपेन्द्र देवले भने,´छोराको कलेज,साथीहरू,छिमेकी,आफन्त हरेक ठाउँमा सोधपुछ गरिसके कतै पत्तो लाग्न सकेको छैन् ।”

प्रहरीले पत्तो लगाउँछ भन्ने ठूलो आशा थियो । प्रहरीलाई सोध्दा खोज्दै् छु भन्ने प्रतिक्रिया दिदै आएको छ तर कुनै पत्तो लाग्न नसकेपछि चिन्ता झन बढ्दै गएको बुबा उपेन्द्रको बताए ।

घरमा कोही आयो भने छोरा आयो कि भन्ने लाग्छ । कसैको फोन आउने बित्तिकै छोरा भेटिएको खबर दिएको हो कि भनेर आशा जागेर आउँछ । तर त्यो आशा निराशामा परिणत हुनु बाहेक केही हुन नसकेको ग्रीसको आमाको दुखेसो छ ।
गत बुधबार दिउँसो सवा २ बजे ट्युसन पढ्नका लागि निस्केका ग्रीस अझै सम्म फर्केका छैन्न ।

ग्रीस कक्षा १२ मा राजविराज स्थित रहेको मिसन कलेजमा अध्ययन थिए । उनी निस्केको दिन ज्याकेट,स्वेटर तथा जुत्ता समेत लगाएका थिएनन् । सधैं मोबाइल बोकेर ट्युसन जाने गरेपनि त्यसदिन मोबाइल समेत नबोकी उनी घरबाट निस्केका थिए ।उपेन्द्रका तीन सन्तान दुई छोरी र एक छोरा छन् । ग्रीस सन्तानमा कान्छो हुन् ।

यता उनको परिवारले प्रशासनिक निकाय,मानवअधिकारकर्मी,पत्रकार लगायत हरेक पक्षलाई ग्रीसको खोज तलासका लागि पहल गरिदिन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले सम्पर्कविहीन ग्रीसको खोज तलास जारीरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]