२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

जनमत पार्टीले बोलायो आन्दोलनकारीको बैठक

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरूको बैठक बोलाएको छ।

बुधबार पार्टी अध्यक्ष डा. राउतले एक सूचना निकाल्दै काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयको सभा हलमा पुस ११ गते बिहान ११ बजे आन्दोलनकारीहरूको बैठक राखिएको जानकारी दिएका छन्।

बैठकमा आन्दोलनकारीका समस्या र तिनीहरुले भोग्नुपरेका मुद्दाका विषयमा छ्लफल हुने जनाएको छ।

उनले स्वराज आन्दोलन, किसान आन्दोलन र जनमत पार्टीको आन्दोलनका क्रममा आन्दोलनमा भाग लिएका तथा एक राति हिरासत बसेका र त्यसक्रममा कुनै किसिमका मुद्दा लागेकाहरूलाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

डा.राउतले बैठकमा पार्टीभित्रका र बाहिरका दुवैखाले आन्दोलनकारीलाई बैठकमा सहभागी हुन् समेत आह्वान गरेका छन् ।

यस्तो छ सूचना !

जनमत पार्टीले जारी गरेको बैठक बारे सूचना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]