१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

धनुषामा मण्डलको मृत्यु : सुगानिकासका इञ्चार्ज ठाकुरलाई जिल्ला तानिए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् ।

उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यस क्रममा प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको एसपी शर्माको भनाइ छ । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

बिहीबार राति पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपनारायणको विवाद भएको थियो । स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सर्ई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पता लैजाँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दाबी छ ।

तर, एसपी शर्माले भने प्रहरीले पक्राउ गरेर इलाकामा ल्याएर कुटपिट गरेको र त्यस कारणले मृत्यु भएको घटनामा कुनै सत्यता नरहेको दावी गरे ।

‘दुई पक्षबीच विवाद भएपछि राति साढे ८ बजेतिर प्रहरी दुबै पक्षलाई इलाकामा लगेको थियो । त्यहाँ पछि छलफल हुने गरी कागजात गराइयो । दुबै पक्ष घर फर्कियो । र अचानक मण्डल सिकिस्त हुँदा अस्पताल पुगेपछि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको हो’, एसपी शर्माले भने ‘बिहानै केही व्यक्तिले प्रहरीले कुटपिट गरेकै कारकण मृत्यु भएको भनेर भ्रम फैलाएपछि स्थानीयले कार्यालयमाथि ढुंगामुढा तोडफोड गरेका हुन् ।’

प्रहरीले मण्डललाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा ठाकुरलाई पक्राउ गरेको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]