१४ आषाढ २०८२, आइतबार
29-06-2025 , Sun
×

भिजिट भिसामा मानव तस्करी : थप एकजना ट्राभल्स सञ्चालक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

काठमाडौं । भिजिट भिसा हुने मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका उनलाई नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीलाई पुस ५ गते काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ।

भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाइ छ।

सो मध्ये २४६ कागजात नक्कली +2 को सर्टिफिकेट, श्रम स्वीकृति, नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]