०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

पिपरा-४: जनमतको अधिवेशनबाट अध्यक्षमा कापर चयन

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम । जनमत पार्टी महोत्तरीले पिपरा गाउँपालिका – ४ मा दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ।

शनिबार पार्टीका नेता देवेन्द्र कापरको अध्यक्षतामा भएको दोस्रो वडा अधिवेशन जनमत पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य अंजनी देवी मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरेकी हुन् ।

सो अधिवेशनबाट वडा अध्यक्षमा देवेन्द्र कापरको नेतृत्वमा २१ सदस्यीय वडा समिति सर्वसहम्मतबाट चयन गरेका छन् ।उक्त समितिको महिला उपाध्यक्षमा मिरा देवी साह,पुरुष उपाध्यक्ष सुनिल कापर,सचिवमा राम शरण कापर,सहसचिवमा संजिव भण्डारी र कोषाध्यक्षमा शोभा देवी महरालाई चयन गरेकी छिन् ।

त्यसैगरी ,समितिको सदस्यमा पुनम देवी कापर,सीता भण्डारी ,गंगिया देवी,राम औतार पासवान,हबिब कबाडीसहित २१ सदस्यीय वडा समिति दोस्रो वडा अधिवेशनबाट चयन गरेको छ।

सो कार्यक्रममा पार्टीका अधिवेशन प्रतिनिधि दिपेन्द्र ठाकुर , फुलचन मुखियासहितका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]