१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

महोत्तरीमा लागूऔषधसहित एक जनालाई सशस्त्र प्रहरीले लखेटेर समात्यो

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो ।

शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ वटा, प्रोमेन्थाजाईन ईन्जेक्सन ६४० वटा र ब्रुफ्रेनरफिन ईन्जेक्सन ४९८ वटा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेड क्वार्टर महोत्तरीले जनाएको छ ।

शेखले भारतबाट उक्त प्रतिबन्धित ईन्जेक्सनहरु निलो झोलामा बोकी ल्याएका थिए । सशस्त्र प्रहरीको टोलीलाई देख्नेबित्तिकै भाग्न खोजेपछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्रतिवन्धित लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

शेखलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]