०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन् । दिउँसो साढे ४ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएकी उनी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’ को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् ।

उनी विमानस्थलबाट सिधै पाँचतारे होटल हायत गएकी छन् ।‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आइसकेको जानकारी दिए ।प्रिमियर अगाडि कुमारी हलमा सन्नीले मिडिया साक्षात्कार गरेपछि फिल्म हेर्ने कार्यक्रम रहेको निर्देशक बस्नेतको भनाइ छ ।

फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।

सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।

पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।

गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् ।

उनी श्रीमान् डेनियल वेबरसँगै नेपाल आउने गरेकी छन् । यसपटक पनि उनले श्रीमानलाई साथमा लिएर आएकी छन् । बलिउडमा उनी एडल्ट फिल्म गर्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]