३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरबाट कोसेली जादैन : महन्त दास

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् ।

जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडी पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत बनाएको बताएका थिए ।

उनले दिएको जानकारी अनुसार समितिको संरक्षकमा मुख्य महन्त रामतपेश्वर र जनकपुरधामका नगर प्रमुख मनोज साह छन् । तर मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने विषयमा आफूलाई जानकारी नभएको दावी गरे ।

उनले भने, ‘राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।’

मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नगर्ने बताए । उनले भने, ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’

जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् । तर राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने विषयमा मुख्य महन्त र सहायक महन्तबीच विवाद देखिएको छ ।

लामो संघर्षपछि अयोध्यामा भगवान श्रीरामको विशाल मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ अर्थात् माघ ८ मा हुँदैछ ।

जनकपुरधाम भगवान श्रीरामको ससुराल र माती जानकीको जन्मभूमि रहेकाले यहाँबाट प्राण प्रतिष्ठामा कोसेली लिएर जाने जानकी मन्दिरका सहायक महन्त रामरोषणको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवै जनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उनले बताए। गत […]

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ । एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुङ्गो लागेको ती […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]