३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

४२ दिने शिशुको ‘दुर्लभ’ शल्यक्रिया

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, पुष १०, २०८०

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए ।

‘शिशुको जन्मजातै दुवैतर्फ हर्नियाँ थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठुलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिअनुसार नाइटोको छेउमा ३ एमएमको २ वटाप्वालपारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा.श्रेष्ठले भने ।

उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रियाबाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा.श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनै पनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए ।

‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । फियो निकाल्ने, पित्त थैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ । उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]