२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

फत्तेपुर। सप्तरीको कंचनपुर फत्तेपुर सडक खण्डको आदर्श टोलस्थित टिप्परको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार भएको टिपर दुर्घटनामा परेर राजबिराज नगरपालिका १० दिघवाका २० वर्षीय मनोज रामको मृत्यु भएको हो ।

सप्तरीको कंचनपुर सडक खण्डमा फत्तेपुरबाट कंचनपुर तर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरको ठक्करले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रहरीका अनुसार साइकल यात्रीको दुबै खुट्टा भाचिएको र उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । तस्बिर : फाइल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]