१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कमला नदी दोहनको आरोपमा कर्जन्हाका वडाध्यक्ष पोखरेल पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष १४, २०८०

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका १ स्थित चुरे वन क्षेत्रभित्रको कमला नदी दोहन गरेको आरोपमा त्यहाँका वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेल पनि पक्राउ परेका छन् ‌।

वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहानले शुक्रवार साँझ पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

पुस ७ मा कमला नदीबाटै गिट्टी, बालुवा र ढुंगा उत्खनन गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र ठेकेदार नीरज बस्नेतलाई वनको टोलीले पक्राउ गरेको थियो ।

यस्तै वनको टोलीले बिहीबार कर्जन्हा नगरपालिका ७ स्थित कमला नदीबाट कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गर्‍यो । राइनलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा नदी उत्खनन गर्न वडाध्यक्ष पोखरेलले सिफारिस गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको वनका सूचना अधिकारी चौधरीले बताए । पक्राउ परेका सबैसँग बयान लिएर मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा पेश गर्ने उनको भनाई छ ।

कमला नदी दोहनविरुद्ध स्थानीय युवाहरू पटक पटक आन्दोलन गरेका छन् । उनीहरूकै दबाबपछि वन कार्यालयले निरन्तर निगरानी गर्दा जनप्रतिनिधिकै संलग्नता देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]