१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मेयर यादवद्वारा सरकारी गाडीको दुरुपयोग : बिदाको दिन दारू भट्टीमा गाडी

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष १५, २०८०

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् ।

आइतबार सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । मेयर यादव चढ्ने स १ झ ५२१ नम्बरको सरकारी गाडी भने चोहर्वास्थित सेना ब्यारेक अगाडी रहेको दारू भट्टीमा भेटिएको छ ।

तर, यस विषयमा बुझ्न खोज्दा मेयर यादवले पत्रकारलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । उनले पत्रकारलाई फटाहा भन्दै आफै गाडी लिएर त्यहाँ गएको र आफूले राम्रो गरेको बताएका छन् ।

मेयर यादव निर्धक्क भएर सरकारी गाडीलाई कतिसम्मको दुरुपयोग गरिरहेका छन् भन्ने कुराको यो उदाहरण मात्रै हो । मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत छोराछोरीलाई छाड्न पनि सोही गाडी प्रयोग गर्दै आएका छन् ।

यतिमात्र नभई सम्पूर्ण पारिवारिक काममा उनले सोही गाडी निजी जसरी प्रयोग गर्छन् । मेयर यादवको यो हर्कत देखेर मिर्चैयावासी आक्रोशित भएपनि उनको अपराधिक प्रवृत्तिका कारण कोही खुलेर बोल्दैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]