३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

माइतीघरबाट पक्राउ परे मन्त्री अनिता देवी

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौं । प्रहरीले माइतीघरमण्डलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । र, त्यहाँ प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

प्रहरीले पूर्वखानेपानी मन्त्री अब्दुल खानलाई समेत नियन्त्रणमा लिएको छ । पार्टीका विभिन्न तहका नेताहरुसहित गरेर जम्मा ५३ जनालाई नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]