०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

धोती लगाएर मुख्यमन्त्री कार्यलय पुगे जनमतका मन्त्री

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् ।

जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रीय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलोपटक मन्त्रालय पुगे ।

मन्त्रीद्वय यादव र सिंह पार्टीका नेता-कार्यकर्तासहित मधेस भवन पुगेर शुभकामना आदान-प्रदान गरे ।

मन्त्रालय पुगेर मन्त्रीद्वय यादव र सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ‘राष्ट्रिय धोती दिवस’ लाई राज्यबाट मान्यता दिनुपर्ने माग राख्न खोज्दा मुख्यमन्त्री भेट्न नपाएको उनीहरूले बताए ।

दिवस निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान माइतीघरबाट जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी,पुर्व खानेपानी मन्त्री अब्दुल खानलगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई तत्काल छाड्न मन्त्री यादवले माग गरे ।

उनले भने, ‘धोती दिवस मनाउँदा राष्ट्रिय अध्यक्ष डा. राउतलाई पक्राउ गर्नु भनेको मधेसीको पहिचान र पहिरनमाथि प्रहार गर्नु हो । सरकारले माफी माग्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]