१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

सिरहाबाट पूर्वराज्यमन्त्री यादवसहित जनमतका १३ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

जनकपुरधाम । ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद त्रिभुवन साह,सांसद भाग्यश्री चौधरी, सिरहा क्याम्पस स्ववियू सभापति दिपेन्द्र यादवलगायतका छन् ।

पक्राउ परेका जनमतका सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । राजमार्ग अबरुद्ध पार्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा गृहमन्त्रीको राजिनामा माग माग गरिएको छ । हत्यारा गृहमन्त्री राजिनामा देउ, धोती दिवसमा हस्तक्षेप गर्ने प्रहरीहरुलाई कारबाही गर, राष्ट्रीय अध्यक्षसहितलाई अबिलम्ब रिहा गर जस्ता नारा उनीहरुले लगाएका छन् ।

‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट जनमतका राष्ट्रीय अध्यक्ष डा सीके राउतसहितका नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । जनमत पार्टीले उनीहरुलाई रिहा गर्नुपर्ने माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]