२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सिरहाबाट पूर्वराज्यमन्त्री यादवसहित जनमतका १३ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष १६, २०८०

जनकपुरधाम । ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद त्रिभुवन साह,सांसद भाग्यश्री चौधरी, सिरहा क्याम्पस स्ववियू सभापति दिपेन्द्र यादवलगायतका छन् ।

पक्राउ परेका जनमतका सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । राजमार्ग अबरुद्ध पार्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा गृहमन्त्रीको राजिनामा माग माग गरिएको छ । हत्यारा गृहमन्त्री राजिनामा देउ, धोती दिवसमा हस्तक्षेप गर्ने प्रहरीहरुलाई कारबाही गर, राष्ट्रीय अध्यक्षसहितलाई अबिलम्ब रिहा गर जस्ता नारा उनीहरुले लगाएका छन् ।

‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट जनमतका राष्ट्रीय अध्यक्ष डा सीके राउतसहितका नेता कार्यकर्ताहरू पक्राउ परेका छन् । जनमत पार्टीले उनीहरुलाई रिहा गर्नुपर्ने माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]