१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

मधेस प्रदेश: ठूलो परिमाणमा लागू औषध र नगदसहित २ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १७, २०८०

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरुमा केहि दिनदेखि लागू औषधसहित ओसारपसार गर्नेहरु धमाधम पक्राउ परिरहेका छ।प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका- ५ बाट ठूलो परिमाणमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार सँझ प्रदेश-२-०३-००७ प ८४०७ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट लागू औषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका- ७ का ४० वर्षीय बैजु महरा र हरिवन नगरपालिका- ३ घर भएका ३६ वर्षीय मदनबहादुर घिसिङ छन्।

भारतबाट लागू औषध लिएर नेपालतर्फ आउँदै गर्दा ब्रम्हपुरी- ५ मा चेकिङमा खटिएको प्रहरीले उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट एक लाख पाँच हजार आठ सय पन्द्र रुपैयाँसमेत बरामद गरिएको डीएसपी पञ्जियारले बताए।

दुईवटा जुटको बोरामा लागू औषध राखेर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ५९२ बोतल ओनेक्स, स्पास्मो प्रोक्सिभन ट्याबलेट ९० पत्ता, नैराभेट १० लेखिएको ट्याबलेट ३ हजार पिस बरामद भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]