१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

माघ दोस्रो सत्तादेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष १७, २०८०

जनकपुरधाम । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् ।

स्थानिय स्त्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए । यसले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ । प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्ने खेलाडीहरुको टिम बनाएर नियमित (शनिवार) अभ्यास खेल खेलाइने संयोजक साहले जानकारी दिए । यसअघि भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नियमित अभ्यास गरिरहेका छन् ।

प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने उनले आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिने छन् ।

प्रतियोगिताको निर्देशक हिरा भगत छन् । उनी मधेश प्रदेश क्रिकेट संघका निर्वतमान अध्यक्षसमेत हुन् । आयोजक संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनी बाहिर भएको कारण अनउपस्थित थिए । गत वर्ष यो प्रतियोगिताको उपाधि गोगल प्रसाद उच्च मावि जितेका थिए । मंगलबार नै धनुषाको क्रिकेट टिम प्रधानमन्त्री कप छनौट प्रतियोगिता खेल्न पर्सा गएको छ । हरिशंकर साहको नेतृत्वमा गएको टिम पहिलो म्याच पर्सासंग खेल्नेछन् ।

पछिल्लो समय जनकपुरधाममा पुनः खेल क्रेज बढ्दै गएको छ । नियमित प्रतियोगिता र अभ्यासहरु भइरहेका छन् । अभिभावकहरुको पनि रुची र लगानी बढेको देखिन्छ । तर, सरकारले संतोषजनक लगानी नगरेको खेलमा आवद्ध युवाहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]