१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

डेंगो नियन्त्रणको लागि विद्यालय केन्द्रित कार्यक्रम सुरु

Logo
प्रकाशित शनिबार, भाद्र २८, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ।

पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गरेका थिए । यस भन्दा अगाडि पनि पटक बस्तिहरुमा मात्र फगिङ गरिएको थियो । महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र फगर मेसिनवाट यो अभियान शुरु गरेको छ । यस संगै बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयहरुमा लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमस काम गर्दै जाने बताइएको छ ।

केही महिनाअघि देखिएको डेङ्गीबाट संक्रमित बिरामीको सख्या विराटनगरमा समेत बढेको छ । लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको छ । यस अभियान संगै विराटगरमा सक्रमणको अवस्था घट्ने बिश्वास महानगरले लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]