११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

४५ किलो गाँजासहित युवक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १९, २०८०

विराटनगर । प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूपदार्थ गाँजासहित एक जना युवकलाई विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित खेतमा लुकाएर राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो ।

प्लाष्टिकमा पोका पारेर खेतमा परालले छोपेर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।गाँजा लुकाएर राखेको आरोपमा विराटनगर–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

भारत लैजाने उद्देश्यले गाँजा उक्त स्थानमा राखिएको पाइएको उनले बताए ।गाँजासहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गाँजा ओसारपसारमा अरु पनि संलग्न भएको अनुमान गरिएको छ । प्रहरीले पक्राउ परेका युवकसँग बयान लिएर त्यसअनुसार खोजी अघि बढाउने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]