१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिरहामा तरुण दलको अराजनीतिक गतिविधि, कांग्रेस नेता भन्छन् – अरविन्द मण्डल सभापति होइनन्

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष २१, २०८०

सिरहा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले जिल्लामा अराजनीतिक गतिविधि गरिरहेको देखिएको छ । संगठनको आडमा यसले पछिल्लो समय विवादित गतिविधि गरिरहेको पाइएको हो ।

राजनीतिक संगठनले सुशासन र विधिको शासनको वकालत गर्नुपर्ने हो । तर, जिल्लाको संस्थापन पक्षका कांग्रेस नेता कुनै गलत काममा मुछिए, कांग्रेस निकट कार्यकर्ता कुनै गलत काम गरे तरुण दलले त्यसको विरोधमा कुनै न कुनै गतिविधि गरिरहन्छ ।

यो प्रवृत्ति फस्टाएको खासमा तबदेखि हो, जबदेखि अरविन्द मण्डल आफू सभापति भन्दै तरुण दलको एउटा समूह हाँक्न थाले । तरुण दलको मण्डलको समूहले गत शुक्रबार फेरि जिल्ला कारागार सिरहामा कांग्रेस निकट चौकिदार कैलाश ठाकुरको नेतृत्वमा भएको कैदीबन्दी कुटपिट घटनाको बचाउमा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र बुझायो ।

यो घटनामा संलग्नलाई कारवाहीको माग गर्नुपर्नेमा संरक्षण गरेको भन्दै कांग्रेसकै नेताले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका प्रत्यासी संजय प्रकाश यादवले कारागारको घटना निन्दनीय भएको र त्यसको संरक्षण गर्नु झन् आपत्तिजनक विषय भएको बताए ।

तरुण दलको सिरहाको आधिकारिक सभापति अरविन्द मण्डल नभई शरद राजा शाही भएको पनि उनले बताएका छन् । संगठन दुरुपयोग भइरहेको भन्दै आफूहरूको ध्यानाकर्षण भएको र यस घटनाको विषयमा बुझ्न भोलि आइतबार छलफल पनि बोलाइएको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]