१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मन्त्री सिंह र नगरप्रमुख कटुवालको राजिनामा मागे जनमत

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष २२, २०८०

सर्लाही । जनमत पार्टीले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह र सर्लाहीको बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा माग गरेको छ ।

शनिवार जनमत पार्टीले सर्लाहीको कविलासीमा बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सम्झानामा दिप प्रज्वल गर्दै मन्त्री सिंह र बरहथवा नगर प्रमुखको राजिनामा माग गरेको छ ।

नगर प्रमुख कटुवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको व्यक्तिगत स्वार्थका कारण बरहथवामा निदोर्ष होनहार युवा मारिएको हुदाँ स्वास्थ्य मन्त्री सिंह र नगर प्रमुख कटुवाल नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने जनमत पार्टी सर्लाहीको माग रहेको जनमत पार्टी सर्लाहीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य श्रीचन(सुजन) यादवले बताए ।

बरहथवा नगरकार्यपालिकाले २०८० असोज ९ गतेको बैठकको निर्णयअनुसार सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामलाई पत्र पठाएको थियो।

गत १८ गते नगरपालिकालाई पत्रमार्फत मन्त्रालयले हस्तान्तरण प्रक्रिया पूरा गर्न भन्यो। मन्त्रालयले नगरपालिकाको माग सुनवाइ गरेपछि विवाद सुरु भयो। नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुभन्दा ५० शै्याको अर्को अस्पताल बनाउन भनेपछि विवाद सुरु भएको हुदाँ मन्त्री सिंह र नगर प्रमुखको कारणले बरहथवाका एक सफल व्यवसायीले ज्यान गुमानुपरेको हुदाँ नगर प्रमुख कटुवालको जनमत पार्टीले राजिनामा माग गरेको जिल्ला ईन्चार्ज यादवले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले बरहथवा क्षेत्रमा कांग्रेसलाई बलियो बनाउन ठाडो हस्तक्षेप गरेको र नगर प्रमुख कटुवालले कांग्रेसलाई क्रेडिट मिल्छ भनेर नगरपालिकाले नै अस्पताल सञचालन गर्नुपर्ने अडान राखेको हुदाँ बरहथवा घटना हुन पुुगेको जिल्ला ईन्चार्ज यादवले आरोप लगाए ।

जनमत पार्टी सर्लाहीले बरहथवामा ज्यान गुमाएका जयशंकर साहलाई शहिद घोषणा गर्नुपर्ने, मृत्क परिवारलाई रु ५० लाख क्षतिपूर्ति दिनुपर्ने, मृत्कको नाम निर्माणधिन अस्पतालमा नामकरण गर्नुपर्ने, मृतकको शालिक बरहथवाको प्रमुख चौकमा स्थापना गर्नुपर्ने, गोली हान्ने र हान्ने लगाउनेलाई अपराधीलाई कानुनी कारवाही हुनुपर्ने लगायतको माग राखेको जिल्ला ईन्चार्ज यादवले बताए । जनमत पार्टीले यस अघि बरहथवा घटनाको सन्दर्भमा प्रेश विज्ञप्ती समेत निकाली सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]