०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मधेशमा जनमतको तर्फबाट रामशंकरले गराए उम्मेदवारी दर्ता

Logo
मनोज मोरबैता प्रकाशित सोमबार, पुष २३, २०८०

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीबाट एक जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

प्रस्तावक मधेश प्रदेश सांसद शम्भु साह र प्रदेश सांसद संजय यादव समर्थक रहेर धनुषाका रामशंकर महासेठले अन्य समूहबाट उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामस्थित रहेको निर्वाचन आयोगमा पुगेर आज राष्ट्रिय सभा सदस्यको लागि महासेठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन।

उम्मेदवारी दर्ता गराएपछि  जनमत पार्टीका नेताकार्यकर्ताहरुले फुलको माला लगाउँदै उम्मेदवार महासेठलाई शुभकामना दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]