१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

सीके राउतको प्रश्न: हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद ?

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

कैलाली । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् ।

‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो ।

नेपालभित्र बोलिने सबै भाषा र पहिचानलाई सम्मान गर्नुपर्ने उनले बताए । तर, सरकारबाटै विभेद हुने गरेको राउतको आरोप छ ।

‘पुस १६ गते हामीले धोती लगाउँदा खोल्ने केही अरू कोही थिएनन्, प्रहरी थिए । सरकारले आफ्नै मन्त्रीलाई समात्ने, गठबन्धनको सरकारले गठबन्धन दलको नेतालाई समात्ने यस्तो पनि हुन्छ ?’, उनले भने।

उनले देशमा सुशासन गुम्दै गएको टिप्पणी गरे । ‘सुन काण्डदेखि बालुवाटार जग्गा, एनसेल सबै काण्ड छन्, कहाँ छ सुशासन ?’, उनले भने, ‘चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ ।’

उनले आफूहरू राजनैतिक अधिकारको लागि लडिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]