३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

सर्लाहीलाई जनमत पार्टीमय बनाउँदै इन्चार्ज यादव

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, पुष २७, २०८०

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ ।

आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो ।

जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो । पछिल्लो समय जनमत पार्टी सर्लाहीमा पनि ठ्याक्कै त्यस्तै भएको छ । जनमत पार्टी सर्लाहीले गतिलो नेतृत्व पाएकै कारण जिल्ला नै जनमत पार्टीमय बन्दै गएको हो ।

यसै क्रममा आज पनि जसपा, लोसपा लगायतका पार्टी परित्याग गरी दर्जनबढी नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाण्डौंको मध्येबानेश्वरमा भएको एक भव्य पार्टी प्रवेश कार्यक्रममा जिल्लाबाट काठमाडौं पुगेका नेताहरुले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतको हातबाट अबीर टिका लगाई जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

जसपा, लोसपा तथा अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्ने नेताहरुमा गएको चुनावमा वडा अध्यक्षको प्रत्यासी समेत रहनुभएका जसपा नेता रामएकवाल महतो, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य पंकज चौधरी, जसपाका नेताहरु सुरेन्द्र चौधरी, बालकिशोर साह, फेकु चौधरी, शम्भु झा, सोहन गिरी, इन्दल पासमान, रंजित यादव लगायतका नेताहरु रहेका छन् ।

आम चुनाव यता सर्लाहीमा जनमत पार्टी प्रतिको लहर बर्षामासको भेलबाढी जतिकै आएको छ । नेता श्रीचन यादव आम चुनाव लगतै जनमत पार्टीमा प्रवेश गर्नुभयो र अहिले उहाँ सो पार्टीको जिल्ला इन्चार्ज हुनुहुन्छ । उहाँले पार्टी गतिविधि तथा संगठन निर्माण तथा विस्तारलाई उच्च तिब्रता दिईरहनुभएको छ ।

नेपाली जनताको आशा र भरोशा भनेकै अब जनमत पार्टीमा मात्रै रहेकोले आफू जनमत पार्टी मार्फत जनताको सेवामा लागेको नेता यादवले बताउनुभयो । उहाँले अहिले सम्म जिल्लाका २ सय ओटा वडामध्ये १ सय २० बढी वडाहरुको वडाअधिवेशन सम्पन्न भईसकेको बताउनु भएको छ । आगामी चैत्र २ र ३ गते जिल्ला अधिवेशन गर्ने गरी जनमत पार्टी सर्लाहीले जिल्लामा संगठन निर्माण तथा विस्तारलाई तिब्रता दिनु भएका नेता यादवले जिल्लामा गएको मंसीर १५ गतेदेखि वडाअधिवेशन गर्न सुरु गरेको बताउनुभयो ।

वडा अधिवेशन माघ १५ सम्ममा सक्ने र पालिकाहरुको अधिवेशन सकेर चैत्र २ र ३ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको नेता यादवले बताउनुभयो । उहाँले जनमत पार्टी देश बनाउने अभियानमा लागेको पार्टी भएकोले जनमत पार्टीमा आवद्ध हुन समेत उहाँले जिल्ला तथा देशवासीहरुमा अपिल गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]