१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

राष्ट्रियसभा निर्वाचन : आफ्ना उम्मेदवारलाई विजयी गराउन जनमतको अपिल

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ ०१, २०८०

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जारी गरेको विज्ञप्ति अनुसार मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ ।

यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]