०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

मिर्चैयामा शैक्षिक क्रान्ति हुन जाँदैछ : मेयर यादव

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ ०१, २०८०

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैयामा शैक्षिक क्रान्ति हुन गइरहेको बताएका छन् । मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालयमा सोमबार आयोजित ब्रम्हचारी दामोदरानन्दको १५१औं जन्म जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ब्रम्हचारी दामोदरानन्दको ज्ञानपथलाई अंगाल्दै मिर्चैया नगरपालिकामा शैक्षिक क्रान्तिको सुरुवात हुन गइरहेको उनले बताए । ‘हामीले आन्तरिकसँगै बाह्य काम पनि सुरु गरिसकेका छौं,’ उनले भने, ‘मिर्चैयालाई उत्कृष्ट शैक्षिक हबको रूपमा विकास गर्न हामीले खाका कोरिसकेका छौं, यहाँ शैक्षिक क्रान्तिको आभाष चाँडै हुनेछ ।’

नगरप्रमुख यादवले मुलुकमा थुप्रा क्रान्तिहरू भएपनि त्यसलाई कार्यान्वयनमा ल्याउन अब शैक्षिक क्रान्ति आवश्यक रहेको र यसका लागि आफू पछिल्लो समय गम्भीर भएर अघि बढेको बताए ।

मिर्चैया नगरपालिकामा अब कोही पनि आर्थिक समस्याकै कारण शिक्षाबाट बञ्चित नरहने र नगरपालिका हरेक खाले शैक्षिक गतिविधिमा सहयोग र हातेमालो गर्न तत्पर रहेको पनि उनले जनाए ।

शिक्षा क्षेत्रमा परिवर्तन सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै उनले यसमा शिक्षक, अभिभावक र बुद्धिजीवी वर्गको पनि इमानदार प्रयास र हस्तक्षेप आवश्यक रहेको औल्याए । मिर्चैया नगरपालिकाले थालेको शैक्षिक रुपान्तरणको अभियानमा सबैको साथ, सहयोग, सहकार्य र समन्वयको अपेक्षा उनले राखे ।

आजकै कार्यक्रममा एसईई उत्तीर्ण गरेका १५ उत्कृष्ट विद्यार्थीलाई १० र १५ हजारको दरले उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन स्वरूप आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । यस्तो कार्य नगरपालिकाले निरन्तर रूपमा गर्दै अघि बढ्ने मेयर यादवले प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएकाे छ। सहकारीको अर्बौं रकम हिनामिना प्रकरणको छानविन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको जारी बैठकमा समितिको कार्यादेश (टिओआर) का विषयमा छलफल भइहरेकाे छ। यसअघिका बैठक समितिको टिओआरका विषयमा सहमतिमा पुग्न सकेका थिएनन्। बचतकर्ताको […]

जलेश्वर । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेल सेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेल सेवा बन्द […]

पर्सा ।वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी सङ्कलन गरेको हो। महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ […]