२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

मिचैयामा शैक्षिक सुधारको प्रयत्न : नियमित कोचिङ नआउने विद्यार्थीको दैलोमा मेयर यादव

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ ०२, २०८०

सिरहा । मिर्चैया नगरपालिकाभित्र सामुदायिक विद्यालयमध्ये पाँच वटा माध्यमिक विद्यालय छन् । ती सबैमा नगरपालिकाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्दै आएको छ ।

मिर्चैया नगरपालिका ५ मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालय, वडा ७ फूलबरियास्थित बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालय, वडा १ विर्तास्थित सारदा माध्यमिक विद्यालय, वडा ११ सितापुरस्थित जनता माध्यमिक विद्यालय र वडा ३ स्थित आधारभूत विद्यालय राघोपुर गरी पाँचवटै विद्यलायमा बिहान ६ बजेदेखि ९ बजेसम्म कोचिङ कक्षा सञ्चालन हुन्छ ।

ती विद्यालयहरुमा कोचिङ कक्षा कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा अनुगमन गर्न नगरप्रमुख श्रवणकुमार यादव मंगलबार बिहानै सितापुरस्थित जनता माध्यमिक विद्यालयतिर हान्निए । उनी त्यहाँ पुगेर कक्षा कोठामा पसे । कोचिङ पढ्न आएका विद्यार्थीलाई मेयर यादवले धन्यवाद दिँदै हौस्याए ।

त्यसपछि उनले शिक्षकसँग विद्यार्थीको हाजिरी मागे । हाजिरी रजिस्टर हेर्दा सबै विद्यार्थी नियमित कोचिङ पढ्न नआएको उनले देखे । त्यसपछि तुरुन्तै फोन गरेर उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय वुद्धिजीवीहरुलाई विद्यालयमा बोलाए । उनीहरुलाई साथमै लिएर मेयर यादव गाउँमा निस्के ।

नियमित कोचिङ पढ्न नआउने विद्यार्थीहरुको घरदैलोमै पुगी उनले विद्यार्थी एवं अभिभावकलाई नगरपालिकाले थालेको शैक्षिक रुपान्तरणको अभियानप्रति गम्भीर बन्न र नियमित पढ्न आउन आग्रह गरे । शैक्षिक रुपान्तरण नगरपालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै उनले यसप्रति समाजलाई चाँसो र निगरानी राख्न पनि अनुरोध गरे ।

स्थानीय अभिभावक र विद्यार्थीले पनि अब आफूहरु गम्भीर बन्ने बाचा मेयर यादवसँग गरेका थिए । विद्यार्थीको हित र शिक्षामा आकर्षण बढाउन नगरपालिका गुरुयोजना बनाएर अघि बढेको भन्दै मेयर यादवले सबैलाई यसमा साथ दिन अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]